काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा निधन भएपछि नेपाली कांग्रेसले तीन दिन शोक मनाउने भएको छ । ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार (श्रावण १२ गते) श्रेष्ठको निधन भएको हो । उनको निधनपछि बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले तीन दिन शोक मनाउने निर्णय गरेको हो ।
कांग्रेसले नेता श्रेष्ठप्रति सम्मान प्रकट गर्दै विभिन्न शोक कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार श्रावण १३, १४ र १५ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ ।
यस्तै, श्रावण १४ गते बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द गर्ने तथा श्रेष्ठको निधन भएको १३ दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
श्रेष्ठको निधनको १३औँ दिनमा उनको गृह जिल्ला स्याङ्जामा शोकसभा आयोजना गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । कांग्रेसले श्रेष्ठको निधनलाई पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ ।
वि.सं. २००४ असार ३१ गते स्याङ्जामा जन्मिएका श्रेष्ठ विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए । लोकतन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका विभिन्न आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापतिसमेत बनेका श्रेष्ठ ऐतिहासिक १२ बुँदे समझदारीका हस्ताक्षरकर्तामध्ये एक थिए । राजनीतिक संघर्षका क्रममा उनले पटक–पटक गरी करिब ६ वर्ष जेल जीवन बिताएका थिए ।
श्रेष्ठ २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्य तथा २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।
उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै भौतिक योजना तथा निर्माण, वन तथा वातावरण, वाणिज्य र शिक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । श्रेष्ठले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको भूमिकासमेत निर्वाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







