चितवन । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो ।
भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६औं राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ ।
भरतपुर महानगरपालिकामा भएको कार्यक्रममा विजेता खेलाडीहरुलाई मेयर रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कार वितरण गर्दै सम्मान गरेका थिए ।
उक्त अवसरमा भरतपुर महानगरकी मेयर दाहालले विजेता खेलाडीलाई थप प्रोत्साहनका लागि पहिलो पटक महानगरपालिकाले पुरस्कारको व्यवस्था गरेको बताइन् । यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आएको थियो ।
मेयर दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रदर्शन गरी उपाधि प्राप्त गर्न अग्रीम शुभकामनासमेत दिइन् । भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६–६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







