राष्ट्रियसभा सदस्य निर्वाचनमा ९५ प्रतिशत मतदान

काठमाडौँ । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान सम्पन्न भइसकेको छ ।

दिउँसो १ बजेर ३० मिनेट सम्ममा शान्तिपूर्ण र उल्लासमय वातावरणमा अधिकांश प्रदेशमा ९५ प्रतिशतभन्दा बढी मत खसिसकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण भएकाले उक्त समयसम्म मतपेटिका मतदान केन्द्रमै रहने जानकारी दिए ।

 

उनले मतदान सकिएलगत्तै आजै गणना भई साँझ आठ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी आयोगले तयारी गरेको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै