धुलिखेल । बनेपामा आयोजित ‘प्रथम बनेपा मेयर कप तेक्वान्दो आइटिएफ च्याम्पियसिप’ आयोजक संस्था काभ्रे तेक्वान्दो आइटिएफ एकेडेमीले हात पार्न सफल भएको छ । दुई दिनसम्म सञ्चालन भएको उक्त च्याम्पियनसिपमा आयोजक संस्था १४ स्वर्ण, पाँच रजत र सात कास्य पदकसहित प्रथम भएको हो ।
सो प्रतियोगितामा धुलिखेल तेक्वान्दो आइटिएफ डोजाङ दस स्वर्ण, छ रजत र तीन कास्य पदकसहित दोस्रो र बनेपा तेक्वान्दो आईटिएफ डोजाङ पाँच स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित तेस्रो भएका छन् । प्रतियोगितामा विजयी खेलाडी र समूहलाई बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नगर उपप्रमुख विमला सापकोटा दाहाल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलाले सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
नगर प्रमुख शाक्यले स्वस्थ र अनुशासित बन्नका लागि हरेक व्यक्तिले खेल खेल्नु आवश्यक रहेको बताए ।
उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने उल्लेख गर्दै उनले खेलेर के पाउँछ भन्ने बुझाइमा रहेका आम अभिभावकलाई उत्कृष्ट खेलाडीले छात्रवृत्ति पनि पाउन सक्छन् भन्ने उदाहरण बनेपा नगरपालिकाले दिने बताए ।
उपप्रमुख दाहालले खेल विशेष गरी महिलालाई आत्मरक्षाका लागि आवश्यक भएकाले सम्पूर्ण महिलालाई खेलक्षेत्रमा लाग्न आग्रह गरिन् ।
नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीले आईटिएफ तेक्वान्दोको विकासका लागि संस्थागत रुपमा लागिरहेको बताए । खुला आकाशमुनि धेरै दुःख गरेर खेलाडी उत्पादन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न काभ्रेले योगदान पु¥याएकामा उनले आभार व्यक्त गरे ।
आयोजक एकेडेमीका संस्थापक अध्यक्ष राजमन्दिर श्रेष्ठले तेक्वान्दो आइटिएफको विकास र आम खेलाडीको विकासका लागि आफूहरू निरन्तर लागिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीपीडितलाई शिव शक्ति बाबाको १ लाख ८० हजारको राहत सहयोग हुँदा भारतका मिडियामा चर्चा
- नेपालमा जुनसुकै बेला प्रदर्शन हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई गरायो सचेत
- भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
- बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २३ शव फेला
- त्रिशूली–नारायणीमा भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षणपछि व्यवस्थापन
- भोटेकोसी बाढीमा बेपत्ता ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन
- अत्यावश्यक अवस्थामा मात्र हेलिकप्टर प्रयोग गर्न प्राधिकरणको आग्रह
- अझै दुई दिन भारी वर्षाको सम्भावना, तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक



ट्रेन्डिङ
खबरमुकाम







