Dark

आयोगले डन्डा हान्ने मात्र गरेको छैन, मालीले जस्तो गोडमेल गरेको छः दिल्लीबहादुर सिंह

काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आयोगले नियमनको नाममा प्रहरीको जस्तो डन्डा हान्ने काम नगरेको र मालीको जस्तो गोडमेल गर्ने काम गरेको बताएका छन् ।

हिमालयन हाइड्रो एक्स्पो २०२४ अन्तर्गत बिहीबार भृकुटीमण्डपमा भएको ‘जलविद्युत् विकासमा नीतिगत तथा कानुनी अवसर र चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

 

‘खोलामा पानी नभएर विद्युत् प्राधिकरणलाई भनेको जति विद्युत् दिन नसक्दा पेनाल्टी तिर्नुपर्ने अवस्था आयोजनाहरूको थियो,’ उनले भने, ‘हाइड्रोलोजिकल पेनाल्टीको विषय हटाएपछि करिब ४० वटा उद्योग रुग्ण हुनबाट बचेका छन् । रुग्ण उद्योगलाई ३ प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्न हामीले राष्ट्र बैंकको पूर्व गर्भनर र अहिले गभर्नरलाई मनाएर, ऊर्जा मन्त्रालयसँग सहकार्य गरेर त्यो व्यवस्था गरिदिएका छौँ ।’ गोलमेल गर्दै समृद्ध बनाएर त्यसपछि मात्रै पूर्ण रूपमा नियमनमा जाने नीति रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै