काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आयोगले नियमनको नाममा प्रहरीको जस्तो डन्डा हान्ने काम नगरेको र मालीको जस्तो गोडमेल गर्ने काम गरेको बताएका छन् ।
हिमालयन हाइड्रो एक्स्पो २०२४ अन्तर्गत बिहीबार भृकुटीमण्डपमा भएको ‘जलविद्युत् विकासमा नीतिगत तथा कानुनी अवसर र चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘खोलामा पानी नभएर विद्युत् प्राधिकरणलाई भनेको जति विद्युत् दिन नसक्दा पेनाल्टी तिर्नुपर्ने अवस्था आयोजनाहरूको थियो,’ उनले भने, ‘हाइड्रोलोजिकल पेनाल्टीको विषय हटाएपछि करिब ४० वटा उद्योग रुग्ण हुनबाट बचेका छन् । रुग्ण उद्योगलाई ३ प्रतिशतमा पुनर्कर्जाको व्यवस्था गर्न हामीले राष्ट्र बैंकको पूर्व गर्भनर र अहिले गभर्नरलाई मनाएर, ऊर्जा मन्त्रालयसँग सहकार्य गरेर त्यो व्यवस्था गरिदिएका छौँ ।’ गोलमेल गर्दै समृद्ध बनाएर त्यसपछि मात्रै पूर्ण रूपमा नियमनमा जाने नीति रहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






