काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ ।
दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
कार्यक्रम १९ जुलाई २०२४ मा आयोजना हुने भएको छ । यस भेगका पर्यटन व्यवसायीबीच नेटवर्किङ अवसरका रुपमा समेत कार्यक्रम फलदायी हुने आयोजकको भनाइ छ ।
यस भेगको आतिथ्य क्षेत्रमा उत्कृष्ट काम गरेका कम्पनीहरू पुरस्कृत हुने समेत आयोजकको भनाइ छ ।
साटाको अघिल्ला संस्करणहरु दक्षिण एसियाका अन्य पर्यटकीय सहरमा आयोजना गरिएको थियो । जसमा श्रीलंकाको गल, भारतको मुम्बई र बैंगलौर, माल्दिभ्सको मालेसहितका सहर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






