काठमाडौँ - । सन् २०२४ को सात महिनामा छ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही समयमा पाँच लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएका छन ।
पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा २१.२२ प्रतिशतले बढी हो ।
बोर्डका निर्देशक मणिराज लामिछानेले भने , “सन् २०२४ को जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको जुलाईको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत वर्ष ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।”
जुलाईमा सार्क राष्ट्रबाट ४२ प्रतिशत, एसियाका अन्य मुलुकबाट १८, युरोपबाट १४, अमेरिकाबाट १३, ओसियनलगायत अन्य मुलुकबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएको उनले जानकारी दिएका ।
जुलाईमा नेपाल भित्रिएका पर्यटकको संख्या सन् २०१९ को तुलनामा भने ९ प्रतिशतले कम देखिएको छ । कोरोना महामारीअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए । जुलाईमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारत, अमेरिका, चीन, बेलायत र बङ्गलादेश रहेका छन् ।
भारतबाट २१ हजार ४९१, अमेरिकाबाट सात हजार ८१९, चीनबाट छ हजार ८१९, बेलायतबाट तीन हजार ८०६, बङ्गलादेशबाट तीन हजार ४७०, अस्ट्रेलियाबाट एक हजार ९०१, दक्षिण कोरियाबाट एक हजार ५३७, भुटानबाट एक हजार २०७, मलेसियाबाट एक हजार १२५ र जापानबाट एक हजार ११४ पर्यटक नेपाल आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






