काठमाडौँ - हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।
चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तीज आयो ज्यान माया छमछमी नाचेर भन्ने मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार पौडेलले जानकारी दिएका छन । कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उनले बताए । तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आफूले अग्रसरता लिएको उनले जानकारी दिएका छन ।
तीज गीतको परम्परा र मौलिकतालाई कायम राख्दै गरिएको सृजना श्रोता तथा दर्शकलाई मनपर्ने उनले विश्वास व्यक्त गरे । पछिल्लो समय बजारमा सार्वजनिक भएका केही गीत तीजको महत्व र मर्मविपरीत भएको भन्दै आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






