कास्की - । पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म (करिब १५ दिन) ‘लाखेनाच’ प्रदर्शन गर्दै आएका छन् । लाखेको मखुन्डो लगाएर बाजाको तालमा लाखे नचाइन्छ । बर्सेनि प्रदर्शन गरिने लाखेनाच केही समय स्थगित गरिएको थियो । २०७४ सालमा रामबजार तायःमचाः समितिले प्रदेश स्तरको लाखेनाच प्रतियोगिता आयोजना गरे पनि निरन्तरता पाउन सकेको थिएन । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार दुई वर्षअघि प्रतियोगिताकै रूपमा लाखे नचाउन पुनः थालिएको हो । पोखरामा हरेक वर्ष देखाइँदै आएको लाखेनाचको पुनर्जागरण गरिएको पालिखेले बताउछन ।
उनका अनुसार लाखेनाचको अहिले पुनर्ताजगी भएको छ । यो पटक पोखरामा नेवाःखलः पृथ्वीचोकले लाखेनाच प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिता सम्पन्न भए पनि टोल टोलमा श्रीकृष्ण जन्मअष्टमीसम्म लाखेनाच देखाइने गरिन्छ । यो नाच पोखरा बजारमा मात्र नभई गाउँ गाउँमा समेत नचाइने जनाइएको छ । किंवदन्ती अनुसार भूतप्रेत मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिऊन् भन्नका लागि ‘लाखेनाच’ को प्रचलन सुरु भएको हो । नेवाः संस्कार, संस्कृति र परम्परा संरक्षण तथा पुस्ता हस्तान्तरणका लागि नेवाःखलः कास्कीले पछिल्लो समय विभिन्न कार्यक्रम गर्दै आएको छ । भदौ ८ गत पनि नयाँबजारमा तायाःमचा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






