काठमाडौं - । मदन ढकालको शब्द–संगीत रहेको तीज गीत भर्खरै मात्र बजारमा आएको छ । टि.एम. म्यूजिक प्रोडक्सन युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ ।
गाँउघरको भाषामा बोलिने शब्द तथा भाकाहरुलाईनै जस्ताको तस्तै यस गीतमा समाबेश गरी मौलिकतालाई उजागर गरेको छ । कञ्चन पुन मगर र तीर्थ खत्रीको स्वर रहेको यस गीतमा पछिल्लो समयकी लोकप्रिय मोडल तथा गायिका रीया खड्का, लेलिया बिश्वकर्मा, ममता रानामगर, सलिना थापा, रीया रेग्मी र गोबिन्द बिबसले अभिनय गरेका छन् ।
मौलिक पक्षलाई ध्यानमा राखी सृजना गर्ने गायक तथा सर्जक मदन ढकालले यो गीतलाई व्यवसायीक भन्दा पनि लोक संस्कृतिलाई जगेर्ना गर्ने तिर केन्द्रित रहेको देखिन्छ । मौलिक पर्वहरुसँग सम्बन्धित गीतमा छाडापन आईरहेको समयमा पनि मदन ढकालले पुरानै गिती शब्द तथा लयलाई अहिलेको समय अनुरुप प्रस्तुत गरेको देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






