तेह्रथुम - । तेह्रथुमको लालीगुराँस नगरपालिका–७, सुङनामका मगर समुदायले पञ्चेबाजा बजाउने कला सिक्दै आएका छन् । जातीय संस्कार र कर्मकाण्डमा पञ्चेबाजा बजाउनेको अभाव हुँदै गएपछि मगर समुदाय आफैँले सो कला सिकेका हुन् ।
स्थानीय वीरबहादुर मगरका अनुसार नौमती बाजा बजाउने कला लोप हुँदै गएका कारण विवाह, व्रतबन्धलगायतका कार्य गर्दा बाजाको धुन सुनिन छाडिएको छ । बाजा नहुँदा संस्कार, संस्कृति र पर्व त्यति रमाइलो पनि नहुने अवस्था छ । त्यसैले नौमती बाजासम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
उनका अनुसार अहिले १०/१२ जनाले बाजा बजाउन सिकिरहेका छन् । नौमतीमा दुई दमाहा, दुई ट्याम्को, दुई सनाई, एक झ्याली र दुई नरसिङ्गा पर्दछन् । यसैलाई मिलाएर १०/११ जनाको समूहले बजाउने बाजा अहिले फाट्टफुट्ट मात्रामा देखिन्छ । बाजा बजाउने बुढापाकाको अनुभवमा पहिला विवाह बास बस्ने गरी हुने र बाजासमेत बजाउने काम हुने गर्दथ्यो । अहिले एकै दिन मात्र विवाह हुने चलन आएको छ ।
स्रोत: गोरखापत्र अनलनइन
पहिला जस्तो गरी रमाइलो गर्ने र बाजा बजाउने चलन अन्त्य हुन पुगेको छ । गाउँकैले सिप सिकेपछि विवाहलगायतका शुभकार्यमा टाढा टाढाबाट बाजा बजाउने ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय रणबहादुर मगर बताउछन । फेदाप गाउँपालिका–२, ओयाक्जुङका देउमान नेपालीले बाजा बजाउनेलाई जातीयताको आधारमा गरिने व्यवहार र बाजा बजाएर मात्रै जीविकोपार्जन गर्न समस्या हुन थालेको साथै नयाँ पुस्ताले बाजा बजाउने काम गर्न नखोजेपछि लोप हुने अवस्थामा पुगेको बताउछन । उनले भनेका छन, “युवा विदेश पलायन भए, बुढापाका सकिँदै गए ।
कसले धान्ने त परम्परा नौमती र पञ्चे बाजाको तालमा छमछम नाचिने बाजा अहिलेका विभिन्न गीत/सङ्गीतले विस्थापित गरिरहेको देउमानको भनाइ छ । उनले बाजा बजाउन जान्नेहरू फाट्टफुट्ट पाइए पनि बाजा बनाउन जान्ने त शून्य जस्तै भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






