काठमाडौँ - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नवयज्ञोपवीत जनै एवम रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र (डोरो) बाँध्छन् ।
नेपालको तराई प्रदेशमा राखी पर्बका रुपमा दिदीबहिनी द्धारा दाजुभाईलाई राखीका रुपमा हातमा डोरो बाध्ने चलन छ । पहाडी प्रदेशमा भने यसको छुट्रटै प्रचलन रहेको छ ब्राम्हण पुरोहितले जनै फेर्ने डोरो लगाउने र नेवारी समुदायमा कोक्ति पुर्णिमाका रुपमा मनाउदै सबै प्रकारका गेडागुडी मिलाएर क्वाटी खाने प्रचलन रहिआएको छ । 
काठमाडौँ उपत्यका बिशेषगरी नेवारी समुदायमा क्वाटी पुणिमाका रुपमा रक्षबन्धन बाँधेर बिभिन्न प्रकारका खानेकुरा खादैैँ जनैंपुणिमा पर्ब मनाउने प्रचलन रहिआएको छ । आजको दिन देशभरि नै जनैपूर्णिमा मनाईन्छ ।
गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






