चासो राख्दै बालन नाच संरक्षणप्रति स्याङ्जा पाल्पाका युवा

वालिङ -  बालन नाच संरक्षणप्रति स्याङ्जा तथा पाल्पाका युवाले चासो राखेका छन् ।  विषेश गरी ब्राह्मण, क्षेत्री समाजमा बालन गाउने र त्यसको लयसँगै नाच्ने परम्परा धेरै पुरानो हो । यस नाचलाई ‘बाहुन नाच’ पनि भनिन्छ । केही वर्षयता बालन गाउने र नाच्ने चलनमा कमी आएको छ । पश्चिमा प्रभाव बढ्दै जाँदा यो नाच बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । 

ब्राह्मण, क्षेत्रीबाहेक अन्य समुदायमा कम प्रचलित बालन नाच देवीदेवताको १० अवतारमा आधारित रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवानका लीला र अवतारको वर्णन बालनमा गरिन्छ । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन नाच नेपाली समाजमा विशेष आकर्षणका रूपमा रहदै आएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णजी प्रभुका अनुसार बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका १० अवतारलाई लिइन्छ । बालन नाच विशेष गरी गण्डकी सभ्यताको विकास सँगसँगै भगवानका  बाललीलाको अवगाहन गराई समस्त दुःखपीडा र अशान्तिबाट मुक्ति दिने बालनको संरक्षणका लागि वैष्णव संस्कृतिको उद्गम भूमि गण्डकी तटीय क्षेत्रका भक्त लागिपरेका हुन् । 

 

बालन टोलीमा बालन गाउने र नाच्ने समूह बनाइन्छ । बालनको पहिलो चरणमा भगवानको आरतीबाट सुरु गराएर देवीदेवता जगाउने गरिन्छ । बालन गायन र नृत्यसँगै अत्यन्त रमाइलो लाग्ने हुनाले यस क्षणमा भगवानका अवतारको अभिनय गरिने चैतन्य कृष्णको भनाइ छ ।

                                                                                                                                                        स्रोत: गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै