काठमाडौं - महानगरपालिका– ८ जयबागेश्वरी नवालीटोलमा रहेको ३२४ वर्ष पुरानो ग्वलःदे फल्चा र भूकम्पले क्षति पुर्याएको ध्वाखा छें (नरसिंह पाटी) पुनर्निर्माण गरी उद्घाटन गरिएको छ । मंगलबार एक समारोहबीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवम ८ नम्बर वडाका अध्यक्ष आशामान संगतले दुईवटा फल्चाको उद्घाटन गरेका हुन ।
फल्चाको शिलापत्र अनावरणसहित रिबन काट्दै वडाध्यक्ष आशामान संगतले ३२४ वर्ष पुरानो फल्चा र भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें पाटी उद्घाटन गरिएको बताएका छन । उनका अनुसार ध्वाखा छेंको लागत ३४ लाख तथा ‘ग्वलः दे फल्चा’को लागत १५ लाख रहेको छ ।
वडा नम्बर ८ मा रहेको ३२४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनर्निर्माण नेपाल संवत ८७३ मा भएको शिलापत्रमा उल्लेख रहेको उनले बताए । स्थानीयहरूका अनुसार उक्त फल्चा ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको संगतले बताएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






