गढीमाई मेला : मानव शरीरबाट रगत निकालेर चढाउने अनौठो परम्परा 

काठमाडाैँ ।  पशुवलीका लागि विश्वप्रख्यात बारा जिल्लाको पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ । प्रत्येक पाँच वर्षमा लागने गढीमाई मेला यसपटक असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभारम्भ भएको भए पनि विधिवत् रूपमा मङ्सिर १ गतेदेखि विशेष पूजाको आयोजना गरी मङ्सिर २३ गते पशुवली दिएपछि समाप्त हुने छ ।

एसियामा मात्र नभई विश्वमा पशुवलीका लागी प्रख्यात रहेको गढीमाई मेला मुख्यतः पशुवलीका लागी प्रख्यात भएपनि धेरैलाई थाहा नहोला नरवलीको रूपमा मुख्य तान्त्रिकले आफ्नो मानव शरीरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुवली दिने गरिएको छ । मानवको शरीरबाट रगत निकालेर चढाउने परम्परा लाई नरवली भनिए पनि बली होइन, मानव रगत चढाउने परम्परा हो .

मन्दिरमा मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुङ्गुर र राँगाको वली दिए पछि सर्वसाधारणले वली दिन पाउने छन् । परम्परा र मान्यता अनुसार हिन्दु धर्म, संस्कृतिमा पशुवलीलाई शक्तिसँग जोडिएर हेर्दै आएको मूल पुजारी मङ्गल चौधरीको भनाइ छ ।

पस्र्वकालदेखि रौतहटको गुजर नगरपालिका सिमरी गाउँका लोकतान्त्रिक दुखन धामी कछडियाले मुलपुजारी चौधरीसँग मिलेर गढीमाईको विशेष पूजा आराधना गरेर धामीले आफ्नो शरीरको पाचँ स्थानबाट निकालेर नरबली स्वरूप रगत चढाउँदै आएका थिए । मूल तान्त्रिक धामीको कहीँ दिन अगाडि मृत्यु भएपछि मान्यता अनुसार यस पटक उनको जेठो छोरा उंमाशङ्करले आफ्नो बुवाको परम्परालाई निरन्तरता दिँदै आफ्नो शरीरको पाँच भागको रगत गढीमाईलाई चढाउने भएका छन् ।

त्यसअघि रातभरी मन्दीरमा पूजा आराधना भएपछि पूजा आराधनाको प्रभावले ब्रह्मस्थानमा रहेको बत्ती आफैँ बल्छ, बत्ती बलेपछि मात्र पञ्चबली दिने गरिन्छ । मङ्सिर २३ गते तान्त्रिक विधिबाट दीप प्रज्ज्वलन गरी गढीमाई मन्दिरको पूर्वपट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्चवली दिएपछि पशुवली सुरु हुने गरेको मूल पुजारी चौधरीले बताए ।

गढीमाईको सिमानाका भनिएको पसहा खोला पारगरेपछि जुनसुकै ठाउँमा सानो बलीको रूपमा बोका, कुखुरा, हाँस, परेवाको बली दिने चलन रहे पनि ठुलालीको रूपमा हजारौँको सङ्ख्यामा बली चढाइने राँगा भैँसी पाडा र सुगरका लागि छुट्टै सुरक्षित र व्यवस्थित वधशालाको निर्माण गरिएको छ ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलालाई व्यवस्थित र सुरक्षित गर्न तथा भक्तजनहरूको सुविधाका लागि आवास तथा शौचालयको पर्याप्त व्यवस्था मिलाइएको र विभिन्न उपसमितको गठन गरी तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै