काठमाडौं । शिवसताक्षी नगरपालिकामा अवस्थित पूर्वको प्रशिद्ध धार्मिक तीर्थस्थल सताक्षीधाममा बालाचतुदर्शीका दिन सतबीज छर्ने भक्तजनको भीड लागेको छ ।
शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै सताक्षी नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै सतबीज छरेका हुन् ।
सतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ ।
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा सतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ । सताक्षीधाममा प्रमुख आकर्षणको केन्द्रका रुपमा नव निर्मित ५१ फिटको सवा करोड रुद्राक्षजडित पार्थिव शिवलिंग छ ।

आज देशभरका शिवालयहरुमा सतबिज छर्ने भक्तजनहरुको भिड लागेको थियो । बिहानदेखिनै उक्त शिवलिंगको दर्शन गर्ने भक्तजनहरूको भीड देखिएको थियो । यहाँ रहेको झरना, विरेनुन पानी, दिगेम्वेश्वर मन्दिर, सताक्षी देवीको मन्दिर, नवनिर्मित ८७ धारा लगायतका स्थानहरूमा भक्तजनहरूले दर्शन गरेका छन् ।
सताक्षीधाममा सोमबारबाट लिंग महापुराण समेतको आयोजना गरिएको सोहीदिन ५१ फुटका रुद्राक्षबाट जडित शिवलिंगको उद्घाटन गरिने सताक्षी गोलोक गोवद्र्धन गौशालाले जनाएको छ । शिवसताक्षी नगरपालिकाले उक्त अवसरमा नगरभरी बिदा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







