काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही क्षेत्रमा धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने र नागरिकमा डर–त्रास फैलाउने खालका गतिविधि देखिनु अत्यन्तै दुःखद भएको बताएका छन् ।
सामाजिक एकतामा खलल पुग्ने गरी उत्तेजक अभिव्यक्ति दिने, अफवाह फैलाउने वा कानुन हातमा लिने कार्य कसैको हितमा नहुने स्पष्ट पार्दै उनले यस्ता गतिविधिले समाजमा अविश्वास, तनाव र विभाजन मात्रै निम्त्याउने उल्लेख गरेका छन् ।
आईजीपी कार्कीका मुख्य भनाइहरूः
अफवाह र उत्तेजनाको साटो विवेक र संयमस् संवेदनशील परिस्थितिमा अफवाह र घृणास्पद अभिव्यक्तिभन्दा विवेक, संयमता र सद्भावको बाटो रोज्न प्रहरी नेतृत्वले आग्रह गरेको छ ।
साझा दायित्व र सम्मानस् एकअर्काको आस्था, अधिकार र मर्यादाको सम्मान गर्नु हरेक नागरिकको साझा जिम्मेवारी भएको कार्कीको भनाइ छ ।
एउटै भावना, एउटै देशः ‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर हाम्रो मुलुक एउटै हो र भावना पनि एउटै छ’ आईजीपी कार्कीले भने ।
सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाउन आह्वान
महानिरीक्षक कार्कीले यस संवेदनशील घडीमा सम्पूर्ण नेपालीहरूलाई आपसमा संयम, सहिष्णुता र भाइचारा कायम राख्न अपिल गरेका छन् । एकअर्काको संस्कृति र आस्थाप्रति सम्मान व्यक्त गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन उनले सबै पक्षसँग आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





