सप्तरी । जिल्लामा शान्ति–सुरक्षाको स्थिति बिग्रन नदिन जिल्ला प्रशासन कार्यालय सप्तरीले सदरमुकाम राजविराज नगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले आज बिहान सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषण र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जनाएको छ ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरूः
पूर्वः खाँडो खोला
पश्चिमः हुलाकी राजमार्गअन्तर्गत जमुनी थलही
उत्तरः रूपनी रोडअन्तर्गत बसबिट्टी
दक्षिणः कोशी पश्चिमी मूल नहर
उल्लङ्घन गरे कडा कारबाही हुने चेतावनी
सम्भावित आन्दोलन वा अवाञ्छित गतिविधिबाट हुनसक्ने अशान्ति र सुरक्षा जोखिमलाई ध्यानमा राखेर यो कदम चालिएको प्रशासनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले जारी आदेशको उल्लङ्घन गर्ने, विरोध प्रदर्शन गर्ने वा शान्ति(सुरक्षामा खलल पुर्याउने जो(कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







