भारतको उत्तर प्रदेश, प्रयागराज शहरमा चलिरहेको महाकुम्भको छैटौं दिन बेलुका ४ बजेसम्म २५ लाख भन्दा बढी तीर्थयात्रीहरूले भ्रमण गरेका छन् ।
महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा १० लाखभन्दा बढी कल्पवासी र ३५ लाख भक्तजनले स्नान गरेको तथ्याङ्क छ ।जनवरी १७ शुक्रबारसम्मको तथ्याङ्कअनुसार हालसम्म ७३ लाखभन्दा बढी तीर्थयात्रीले महाकुम्भ मेलामा दर्शन गरेका छन् ।
यसैबीच, रक्षामन्त्री राजनाथ सिंहले चलिरहेको महाकुम्भलाई भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व बताए। प्रयागराजमा चलिरहेको महाकुम्भको छैटौं दिन त्रिवेणी सङ्गममा स्नान गरेपछि राजनाथ सिंहले भने,“मलाई भगवानले यो अवसर दिनुभएकोमा म आफ्नो सौभाग्य ठान्छु । आज सङ्गममा स्नान गरेपछि म धेरै सन्तुष्ट महसुस गरेको छु ।”
“यो पर्व भारतीय संस्कृति र सनातन धर्मको आध्यात्मिक अनुभवको पर्व हो, जुन प्राचीन वैदिक खगोलीय घटनामा आधारित छ । ” शीर्ष भाजपा नेताले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघट आयोजना गरेकोमा बधाई पनि दिए ।
“उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विश्वको सबैभन्दा ठूलो सार्वजनिक जमघटलाई कुशलतापूर्वक सञ्चालन गर्ने तरिकाका लागि बधाईको हकदार छन् । म उनलाई यसका लागि हृदयदेखि बधाई दिन्छु,” उनले बताए । सिंहले स्नान गरेपछि पवित्र गङ्गा, यमुना र सरस्वती नदीको सङ्गममा पूजापाठ गरे । रक्षामन्त्रीसँगै भारतीय जनता पार्टीका सांसद सुधांशु त्रिवेदीलगायत पार्टीका अन्य नेताहरु पनि थिए । १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ मा समापन हुनेछ । रासस, एएनआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





