काठमाडाै। रारामा पाँचौँ ट्रेल-रन जेठ ९ गते रारा तालको किनारामा हुने भएको छ । नेपालकै प्रमुख पर्यटकिय क्षेत्र रहेको रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र कर्णाली प्रदेशबाट राष्ट्रिय स्तरका एथ्लेटिक्स खेलाडीहरू पहिचान गर्ने उद्देश्य अनुरूप वार्षिक रूपमा आयोजना गरिने रारा ट्रेल–रनको पाँचौं संस्करण सञ्चालन गर्न लागिएको हो । हनुमानध्वज गुल्म राराका गुल्मपति खीमबहादुर अधिकारीका अनुसार नेपाली सेनाको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने खेलाडीलाई २० हजार पुरस्कार, प्रमाणपत्र र मेडलको व्यवस्था रहेको छ ।
उनकाे अनुसार रारा ट्रेल– रन प्रतियोगितामा सहभागी हुन आउने खेलाडीले जेठ ४ गतेदेखि ८ गतेको बिहान १० बजेसम्म अफ्नो नाम दर्ता गराउन सक्ने छन् भने उनिहरूको मेडिकल जाँच सोहि दिन १२ बजे गरिने र इभेन्ट बृफ ३ बजे हुने गुल्मपती अधिकारीले बताउनुभयो । उनले भने, "दौड जेठ ९ गते बिहान ७ बजे सुरु हुने र दौडमा सहभागी हुने खेलाडीले मौसम सुहाउँदो खेल पोषाकमा उपस्थिती हुनुपर्ने छ । मेडिकल जाँचमा दौडका लागी स्वस्थ नदेखिएका व्यक्तिलाई दौडमा सहभागी गराइने छैन ।" रारा ट्रेल रन प्रतियोगिता नेपाली सेनाले बर्सेनि रारामा आयोजना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने



ट्रेन्डिङ
खबरमुकाम






