काठमाडौं । देशको मौसममा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वबाट प्रवेश गरेको आर्द्र वायुको संयुक्त प्रभाव देखिएको छ । यसका कारण विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीको अवस्था कायम रहेको छ ।
मौसमविद्हरूका अनुसार कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च तथा मध्य पहाडी भूभागमा बादल लाग्ने क्रम जारी छ भने अन्य क्षेत्रको मौसम आंशिक रूपमा खुला रहेको छ ।
आज दिउँसो देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ । अन्य पहाडी तथा तराईका सीमित स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्छ ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादलको प्रभाव रहने अपेक्षा गरिएको छ । मधेस प्रदेशसहित अन्य भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ ।
पूर्वी नेपालका केही क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने देखिएकाले विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । चट्याङ र वर्षासँग सम्बन्धित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सुझाव दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





