काठमाडौं । देशको मौसममा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वबाट प्रवेश गरेको आर्द्र वायुको संयुक्त प्रभाव देखिएको छ । यसका कारण विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदलीको अवस्था कायम रहेको छ ।
मौसमविद्हरूका अनुसार कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका उच्च तथा मध्य पहाडी भूभागमा बादल लाग्ने क्रम जारी छ भने अन्य क्षेत्रको मौसम आंशिक रूपमा खुला रहेको छ ।
आज दिउँसो देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ । अन्य पहाडी तथा तराईका सीमित स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्छ ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादलको प्रभाव रहने अपेक्षा गरिएको छ । मधेस प्रदेशसहित अन्य भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अनुमान छ ।
पूर्वी नेपालका केही क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने देखिएकाले विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । चट्याङ र वर्षासँग सम्बन्धित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सुझाव दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





