काठमाडौं । विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ मा स्कटल्यान्डले विजयी सुरुआत गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा हाइटीलाई १–० ले पराजित गर्दै स्कटल्यान्डले महत्वपूर्ण तीन अंक हात पारेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिननले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको मध्यतिर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, जुन अन्तिमसम्म कायम रह्यो ।
बोस्टनस्थित मैदानमा भएको खेलमा हाइटीले बराबरी गोल फर्काउने प्रयास गरे पनि स्कटल्यान्डको रक्षापंक्ति मजबुत देखियो ।
यस जितसँगै स्कटल्यान्ड तीन अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा पुगेको छ । यसअघि सोही समूहमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
समूह चरणको पहिलो खेलपछि स्कटल्यान्डले आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेको छ भने हाइटी भने अंकविहीन बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






