शिशिर सिंखडा, टोरण्टो । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ । नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत – “बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस....“ जब गाउन शुरु गरे दर्शकहरुको गडगडाहक तालीले हल गुञजायमान भएको थियोे भने बिदेशी भुमीमा भएका नेपाली दर्शकहरु आफ्नो नेपाली माटो र राष्ट्रियता सम्झदै भावुक समेत बनेका थिए ।
ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा खचाखच भरिएका दर्शक माझ नेपाली सुगम संगीतका हस्ती गायक ढकालले चरीले त छाडेर गैगयो..., मन पराउने हजार भेटीन्छ्न..., माया गर्नेको..., ओराली लागेको..., जस्ता गीतहरु गितार, तबला र हार्मोनियमको तालमा प्रत्यक्ष सुन्न, देख्न र संगै गाउन पाँउदा कयौं दर्शकहरु उत्साही त कयौं भावुक बनेका थिए ।
दर्शकहरुले स्वर सम्राट स्व. नारायण गोपालका केहि गीत र युगल गित समेत सुनेर पनि भरपुर मनोरञ्जन लिएका थिए । गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिईन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए । एकल साँझ कार्यक्रम जुन २१ तारेख शनिबार (असार ७ गते) भएको थियो ।
२०४५ सालमा १३ बर्षको उमेरमै पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत प्रस्तुत गरेर चर्चित बनेका ढकाल नेपालमा सानो उमेरमै एकल साँझ गर्ने पहिलो गायक पनि हुन । २० वटा एकल एल्बम सार्वजनिक गरिसकेका ढकालका दर्जनौ गीतहरु चर्चित छन । उनले ५ हजार भन्दा बढी गीत गाएका छन ।
प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए । सो कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी सहृदयी नेपालीहरुलाई आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले धन्यवाद तथा आभार व्यक्त गरेका थिए । बचत रकम पशुपतिनाथ मन्दिरमा पुजा गरि सहयोग “रामकृष्ण ढकाल साँझ“ कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजा अर्चना गरि हस्तान्तरण गरिएको छ । समुहको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत (आज) आईतबार बिहान मन्दिरमा पुजा अर्चना गरि रकम हस्तान्तरण गरिएको कार्यक्रम सम्योजक ऋषि पोख्रेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





