गाउँपालिका अध्यक्ष राईले व्यक्तिगत लगानीमा स्थापना गरेको मूर्ति तोडफोड

ताप्लेजुङको सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राईले व्यक्तिगत लगानीमा सिदिङ्वा धाममा राखेको सृङ्ग ऋषिको मूर्ति तोडफोड भएको छ

सिदिङवाधाम पर्यटन महोत्सवको अवसर पारेर धार्मिक विधिमार्फत गत जेठ १४ गते राखेको मूर्ति तोडफोड गररेर जंगलमा फालिएको अवस्थामा फेला परेपछि यस्ता गतिविधि गर्नेलाई खोजेर कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालयमा अनुरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष राईका अनुसार असार १७ गते जानेले मूर्ति राम्रो अवस्थामा देखेका थिए र पूजापाठ गरेर फर्किएका थिए । २२ गते आफू जाँदा तोडफोड भएको अवस्थामा देखिएको राई बताउँछन् ।

उनका अनुसार टाउको र दाहिने पाता फुटाएर १५ मिटर तल जंगलमा फालिएको अवस्थामा फेला परेको छ ।

प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले अभियुक्तलाई कुनै पनि हालतमा खोजी गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए । ‘यस्ता क्रियाकलाप समाजका लागि घातक हुन् । प्रहरीले जसरी पनि त्यस्ता व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउँछ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै