काठमाडौं । घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति सिटर रु. ६०० र मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ। यो सेवा हाल काठमाडौं उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन्। यसले ग्राहकको समय र श्रम दुवैबाट छुटकारा दिलाउनेछ। हाम्रो दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ। लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ जसले खोकी, एलर्जी, र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले नियमित र विशेषज्ञद्वारा गरिने सफाइ अत्यावश्यक हुन्छ।
भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी तपाईंको सोफालाई नयाँजस्तै चम्किलो बनाउँछ। धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ। सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्नेछ।
सेवा बुकिङ प्रक्रिया
सेवा बुक गर्न 'Bhetayo' मोबाइल एप प्रयोग गर्न सकिन्छ वा भेटायोको कल सेन्टर (फोन : 9801088080) मा सम्पर्क गर्न सकिन्छ। ग्राहकले आफूलाई उपयुक्त मिति र समय छानेपछि, तोकिएको समयमा टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्छ।
अन्य सेवाहरू
यसैगरी, भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन् जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्, ड्राइभर सेवा लगायत अन्य धेरै सेवाहरू रहेका छन् । अब भरपर्दो सेवा मोबाइल एपबाटै।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

ट्रेन्डिङ
खबरमुकाम







