चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु आक्रमणका घटनाहरू बढ्दो क्रममा छन्। आर्थिक वर्ष २०८१/८२ मा मात्र हात्ती, गैँडा, बाघ लगायतका जनावरको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार तीमध्ये आठ जनाको मृत्यु गैँडाको आक्रमणबाट भएको हो। त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । उक्त वर्षमा मात्र ४१ जना मानिस वन्यजन्तुको आक्रमणमा परी घाइते भएका छन्, जसमध्ये ३२ जना गम्भीर घाइते र ९ जना सामान्य घाइते छन्। मृत्यु हुनेमध्ये अधिकांश घाँस काट्न वा निगुरो टिप्न गएका स्थानीय बासिन्दा रहेका छन्।
निकुञ्जको तथ्याङ्क अनुसार पछिल्ला पाँच वर्षमा वन्यजन्तुको आक्रमणबाट ७३ जनाको ज्यान गइसकेको छ भने १६९ जना घाइते भएका छन्। सन् २०७८/०७९ मा मात्र ३० जनाले ज्यान गुमाएका थिए, जसमा २१ जनाको मृत्यु बाघको आक्रमणबाट भएको थियो।
जनावर मात्र होइन, पशु सम्पत्तिमा पनि ठूलो क्षति
मानव जीवनसँगै घरपालुवा पशुहरूमाथि पनि वन्यजन्तुको आक्रमणका घटना तीव्र छन्। गत वर्ष चितुवाको आक्रमणबाट १४० वटा, बाघबाट ३७ वटा र अजिङ्गरको आक्रमणबाट दुईवटा पशुको ज्यान गएको छ। साथै, १७९ वटा पशु मरेको तथ्याङ्क निकुञ्जले सार्वजनिक गरेको छ। उता, हात्तीको आक्रमणले २३ वटा घरमा क्षति पुर्याएको छ। तीमध्ये १३ वटा घरका अन्न भण्डारमा हात्तीले ठूलो क्षति गरेको उल्लेख छ।

मानव-वन्यजन्तु द्वन्द्व रोक्न संरचना सुधारको माग
मध्यवर्ती क्षेत्रका बासिन्दाहरू घाँस, दाउरा तथा वन पैदावार संकलनका लागि निकुञ्ज र सामुदायिक वनमा निर्भर छन्। तर, यही निर्भरता मानवीय क्षतिको कारण बन्न पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गाना भन्छन्, “वन्यजन्तुको वासस्थान व्यवस्थित नगरेसम्म मानव-जनावर द्वन्द्व न्यूनीकरण सम्भव छैन।”
निकुञ्जले हाल जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै मेस जाली लगाउने कामलाई प्राथमिकता दिइरहेको छ। तथापि, स्थानीय स्तरमा दीर्घकालीन संरचना निर्माण र सुरक्षित आवतजावत सुनिश्चित नगरी समस्या समाधान नहुने स्थानीयवासीको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






