काठमाडौं । चीनकोअग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड (VOYAH) अटोमोबाइलमा ठूला लगानी गर्नेघोषणा गरेको छ, जसले स्वच्छ र स्मार्ट यातायात विकासमाआफ्नो प्रतिबद्धताअनुरुप यो लगानी गरेको छ।
डोङफेङ र VOYAH बीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट(DFAM) ले VOYAH मा करिब १३७ मिलियनअमेरिकी डलर लगानी गर्नेछ।यसले VOYAH लाई EV स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ।
पुँजी वृद्धि सम्झौतापछि VOYAH अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटरग्रुपले VOYAH को ७९।६९५ स्वामित्व पाउनेछ। DFAM को ३।३०५ हिस्सा हुनेछ र बाँकी १७।०१५ अरू सेयरधनीले राख्नेछन्।यसरी डोङफेङले VOYAH मा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाईअघि बढाउनेछ।
VOYAH, डोङफेङ मोटरग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो।स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको VOYAH, लेआजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ। विश्वभर इलेक्ट्रिक गाडीको माग बढ्दै गएका कारण VOYAH, डोङफेङको भविष्यको योजनामा महत्वपूर्ण हिस्सा हुनेछ।
यो नयाँ लगानीले VOYAH लाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ।नयाँ पूँजीलाई अनुसन्धान र विकास (R&D), उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ। यसले VOYAH लाई अन्य ठूला इलेक्ट्रिक भेहिकल ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्न पनि मद्दत गर्नेछ।
डोङफेङका लागि यो लगानी केवलआम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयर धनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो। डोङफेङले सर्वसाधारणका लागि भविष्यको ग्रीनमोबिलिटी र स्मार्ट यातायात प्रणालीतर्फको रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेकोछ। VOYAH मा गरिएको हाल को यो लगानी नवीनता र दिगोपनमा गरिएको लगानीको उदाहरण मात्र हो।
पछिल्ला केही वर्षमा विश्वव्यापी अटोमोबाइल उद्योग द्रुत गतिमा परिवर्तन हुँदै आएको छ।ग्राहकहरू वातावरणमैत्री गाडी रोज्न थालेका छन् । विभिन्न सरकारहरूका नीतिनियमहरू ले पनि यसलाई समर्थन गरेकाछन्। डोङफेङजस्ता ठूला कम्पनी हरूले भविष्यको आवश्यकताअनुसार आफ्नो रणनीति परिवर्तन गर्दै आएका छन्। यो नयाँ पूँजी वृद्धिले डोङफेङलाई भविष्यको गाडी बजारमा अझ मजबुत बनाउन मद्दत गर्नेछ।
यो लगानीले डोङफेङको VOYAH माथिको भरोसा र यस ब्रान्डले भविष्यमा विद्युतीय यातायातमा प्रमुख स्थान हासिल गर्ने विश्वासलाई देखाउँछ। ख्इथ्ब्ज् को विकास र वित्तीय सहयोग सँगै, उपभोक्ताहरूले निकट भविष्यमा अझस्मार्ट, भरपर्दो र वातावरणमैत्री सवारीसाधनको अपेक्षागर्नसक्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






