काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) सम्बन्धी विशेष तालिम नगरकोट स्थित रत्नागिरि रिर्सोट मा आयोजना गरेको छ ।
उक्त कार्यक्रममा कम्पनीका कानून विभाग प्रमुख सुबास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित गर्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औंल्याए ।
साथै AML/CFT सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका, र दैनिक कामकाजमा पालन गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।
कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुख लगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाइ तथा कम्पनीका अन्य पदाधिकारीहरुको मुख्य उपस्थिति रहेको थियो । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखा बाट जीवन बीमा व्यवसाय संचालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





