ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरुमा नेपालीहरु विभिन्न देशहरु घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो
सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरुसँग व्यवसायिक सहकार्यको लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरुले गुरु ट्रभाल्स लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाण्डौं मार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरुले ट्राभल एजेन्सी मार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् । साथै आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
आफुले खरिद गरेको टुर प्याकेजको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले EMI Processing शुल्क लिने छैन । यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वहरुलाई थप उत्साहमय र अर्थपुर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







