यज्ञप्रसाद सापकोटा
बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन महिनादेखि बन्द भएको जिप सफारी खुला गरिएको छ । चाडबाडको समयमा निकुञ्ज घुम्न आउने पर्यटकलाई मध्येनजर गर्दै निकुञ्जले जिप सफारी खुला गरेको हो ।
बर्षा र हावा हुरीको कारणले निकुञ्ज भित्रका सडक अवरुद्ध भएपछि जिप सफारी बन्द गरिएको थियो । हावाहुरीले ढालेका रुखहरू पन्छाएर बाटो मर्मत गरेपछि जिप सफारी खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।
निकुञ्ज परिसर बाहेक निकुञ्जभित्र घुम्न प्रायः जिप सफारीमा घुम्न पर्यटकहरू मन पराउने गर्दछन् । निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले जिप सफारी गर्न पाउनु पर्ने माग गर्दैआएका थिए । जिप सफारी निकुञ्ज घुम्न सुरक्षित र सहज मान्ने गरिन्छ ।
पर्यटकलाई लक्षित गरी बर्दियामा ३० वटाभन्दा बढी साना ठुला होटल तथा रिसोर्ट व्यवसाय सञ्चालनमा रहेका छन् । निकुञ्ज आसपासको क्षेत्रमा होमस्टेहरू पनि सञ्चालनमा छन् । निकुञ्जमा जिप सफारी गराउन होटल तथा पर्यटन व्यवसायीले ४१ वटा जिप दर्ता गरेका छन् । एक पटक जिप सफारी गर्दा बर्दिया राष्ट्रिय निकुञ्जले तीन हजार रुपियाँ राजस्व लिने गरेको छ । चाडको समयमा विशेषगरी निकुञ्ज घुम्न आउने आन्तरिक र सार्क राष्ट्रको पर्यटकको संख्या बृद्धि हुने गर्दछ ।
बाघ, हात्ती, गैँडा, जरायो, चित्तल, बाह्रसिङ्गा लगायतका वन्यजन्तुहरू सहजै देख्न सकिने भएको हुनाले हरेक बर्ष निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ । संरक्षित वन्यजन्तुको सुचिमा रहेको मात्र ११ प्रकारका स्तनधारी, ६ प्रकारका पन्छी र तीन प्रकारका घस्रने जनावर पाइन्छन् ।
गत आर्थिक बर्ष २०८१–८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । अघिल्लो आर्थिक बर्ष २०८०–८१ मा २६ हजार एकसय ३१ जना पर्यटक प्रवेश गरेका थिए । आर्थिक बर्ष २०७९–८० मा २४ हजार तीनसय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।
संख्यामा बृद्धि भएसँगै पर्यटक प्रवेशबाट उठ्ने राजस्वमा समेत वृद्धि भएको छ । आर्थिक बर्ष २०८१–८२ मा पर्यटकबाट मात्र तीन करोड २६ लाख राजस्व निकुञ्जमा उठेको देखिन्छ । आर्थिक बर्र्ष २०८०–८१ दुई करोड ८४ लाख राजस्व पर्यापर्यटनबाट प्राप्त भएको छ ।
आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न एकसय, सार्क मुलुकका पर्यटकलाई सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि एक हजार ५ सय शुल्क लाग्ने गरेको सूचना अधिकारी पौडेलले बताए ।
यस बर्ष निकुञ्ज घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूले बुकिङ्ग गर्ने काम सुरु भइसकेको पर्यटन व्यवसायी रामजी थापाले बताए । अफ सिजन भए पनि छिटपुट पर्यटक अहिले पनि आइरहेको बताउँदै चाडबाडको समयमा नेपाली पर्यटकको चाप बढ्दै जाने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







