अमरराज नहर्की
धार्मिक पर्यटनको प्रवर्धन तथा सनातन हिन्दु धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव–२०८२ आयोजना गरिने भएको छ ।
नेपाल सन्त समाज, देवघाटधामको आयोजनामा र देवघाट क्षेत्र विकास समिति तथा देवघाट गाउँपालिकाको समन्वयमा कात्तिक १८ गते एक दिने महोत्सव गरिने भएको हो ।
महोत्सवअन्तर्गत भक्तजनले तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएका धार्मिक तथा ऐतिहासिक महत्त्वका दर्जनौँ मन्दिर र तीर्थस्थलको पूर्ण परिक्रमा गर्नेछन् ।
देवघाट क्षेत्र विकास समितिद्वारा जारी गरिएको अपिलमा परिक्रमा मार्गमा देवघाट वेणीमण्डप, पशुपतिनाथ मन्दिर, गङ्गा मन्दिर, सिद्धेश्वर मन्दिर, दुर्गा पाञ्चायन शक्तिपीठ, मणिमुकुन्देश्वर मन्दिर, विद्याश्रम मन्दिर, हरिहर मन्दिर, सत्यनारायण मन्दिर, योगी नरहरिनाथ आश्रम, गौरीशङ्कर शिव मन्दिर, भागवत धाम र नारायणपुर मन्दिरलगायतका स्थानहरू समावेश छन् ।
कार्यक्रमका क्रममा बिहान ७ बजे देवघाट वेणीमण्डपमा गणेशपूजन गरी महोत्सवको सुरुवात गरिनेछ । बिहान ७ः३० बजे सिद्धेश्वर मन्दिर प्राङ्गणबाट परिक्रमा शुभारम्भ हुनेछ भने जलपान, प्रसाद ग्रहण र समापन कार्यक्रम क्रमशः हरिहर मन्दिर, दिव्यधाम गजकोट र मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा सम्पन्न हुने कार्यक्रम तालिका छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरराज लौडारीले देवघाटधाम गण्डकी परिक्रमा महोत्सव धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहल भएको बताए । उहाँका अनुसार देवघाटधाम नेपालको वैदिक परम्पराको जीवित प्रतीक हो । लौडारीले भने, ‘यो महोत्सवले धार्मिक सहअस्तित्वको सन्देश फैलाउने, सनातन संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






