सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ ।
सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरु मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।
सुदूर पश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो । सुदूर पश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए ।
साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए । दुवै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका थिए जहाँ अभिकर्ताहरूले नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेका थिए।
नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए। त्यस्तै, सुदूर पश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७ सय करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका थिए । साथै सानिमा रिलायन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण रहेको बताएका थिए, उनले भने, “यो पेशा सेवा गर्ने पेशा हो — सुखदुखमा साथ दिने पेशा हो, त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ।”
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले जीवन बीमा ब्यबसायमा बीमा सल्लाहकारहरुको महत्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुराउनु पर्ने बताएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






