काठमाडौँ । नेपालका विद्यालयहरुमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘डिजी स्कुल’ अभियान प्रभावकारी रुपमा अघि बढेको छ । प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउने लक्ष्य सहित सञ्चालन गरिएको सो अभियानले विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउन थालेको छ ।
डिजी स्कुल अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम तथा विद्यार्थीहरूका लागि डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ । यसले परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसग जोड्दै सिकाइ प्रक्रियालाई अझ रोचक र प्रभावकारी बनाएको डिजी गुृपका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘ डिजिटल साक्षरता आजको आवश्यकता मात्र नभई मुुलुुकको भविष्य निर्माणको आधार पनि हो, ।’ प्रविधिको सही प्रयोग मार्फत विद्यार्थीहरूलाई सूचना प्रविधिमा सक्षम, सिर्जनशील र प्रतिस्पर्धी बनाउने अभियानको मुख्य लक्ष्य रहेको श्रेष्ठले बताए । विशेषगरी ग्रामीण तथा पहुँच बाहिरका विद्यालयहरूमा डिजिटल शिक्षाको पहुँच विस्तारलार्य प्राथमिकता दिइएको डिजी स्कुलले जनाएको छ ।
डिजी स्कुुल मार्फत शिक्षकहरूका लागि डिजिटल टुल्स, ई–लर्निङ प्लेटफर्म र आधुनिक शिक्षण विधिबारे तालिम प्रदान गरिनुका साथै विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग, र नवप्रवर्तनशील सोच विकासमा केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
डिजी स्कुल अभियानले विद्यालय शिक्षालाई समय अनुकूल बनाउँदै २१औँ शताब्दीको सिकाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । सो कार्यक्रमबाट २ सय ५० विद्यालयका विद्यार्थी लावान्धित भएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






