काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको सहवित्तीयकरण कर्जा लगानी हुने भएको छ।
यस सम्बन्धमा प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड र सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच बुधबार कर्जा सम्झौतामा हस्ताक्षर भएको हो। आयोजना गण्डकी प्रदेशको लमजुङ जिल्लाअन्तर्गत मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण गरिने जनाइएको छ।
आयोजनाको कुल अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ। कुल लागतको ६७ प्रतिशत ऋण र ३३ प्रतिशत स्वपुँजी रहने संरचनाअनुसार बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् भने बाँकी रकम प्रवर्द्धक कम्पनीले जुटाउनेछ।
प्रवर्द्धक कम्पनीका अनुसार आयोजना आगामी चार वर्षभित्र सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ। उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुर सबस्टेशनमा जोडिनेछ। आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ, जसमा हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट घन्टा उत्पादन हुने बताइएको छ।
सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै जलविद्युत तथा हरित ऊर्जामा उल्लेख्य लगानी गर्दै आएको बताए। उनले बैंकिङ क्षेत्र र निजी ऊर्जा उत्पादकहरूको सहकार्यबाट देशको ऊर्जा विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।
उनका अनुसार हालसम्म बैंकले ४२ वटा जलविद्युत आयोजनामा लगानी गरेको छ, जसको कुल क्षमता १ हजार ६०५.२२६ मेगावाट रहेको छ। तीमध्ये १६ वटा आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने २६ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्।
प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेकाले शीघ्र निर्माण सुरु हुने र निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।
सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवामा समेत विस्तार गर्दै विभिन्न नयाँ सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार हाल देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






