काठमाडौं । प्रतिनिधिसभाको बुधबारका लागि निर्धारित बैठक निर्धारित समयमै सुरु हुन सकेको छैन । बिहान ११ बजे बोलाइएको बैठक एक घण्टाभन्दा बढी समय बितिसक्दा पनि सञ्चालन हुन नसकेको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विपक्षी दलहरूको असहमति कायम रहेकाले सहमतिको प्रयास जारी रहेको र त्यसकै कारण बैठक सुरु हुन ढिलाइ भएको हो ।
सदनको अवरोध हटाउने उद्देश्यले सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा विपक्षी दलका नेताहरूबीच निरन्तर संवाद भइरहेको बताइएको छ ।
विपक्षी दलहरूले नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका छन् । उनीहरूले प्रधानमन्त्री स्वयंले संसद्मा उपस्थित भई उक्त विषयमा स्पष्ट धारणा राख्नुपर्ने तथा विवादित भनिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिएका थिए । त्यसयता सदनको कार्यसूची प्रभावित बन्दै आएको छ र नियमित रूपमा बैठक सञ्चालन हुन सकेको छैन ।
दलहरूबीच सहमति जुटाउने प्रयास जारी रहेकाले बैठक कहिले सुरु हुन्छ भन्नेबारे तत्काल कुनै निश्चित जानकारी सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







