काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी संसद अवरोध अन्त्य गर्न सकिने संकेत गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्वेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विषयलाई लिएर संसदलाई लामो समयसम्म बन्धक बनाइराख्न नहुने बताएका हुन् ।
आङ्देम्वेले देशका महत्वपूर्ण विषय र जनतासँग जोडिएका मुद्दाहरू संसदको प्राथमिकतामा पर्नुपर्ने उल्लेख गर्दै संसदको बहुमूल्य समय खेर जान नहुने धारणा राखे ।
संसदमा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीप्रति कटाक्षसमेत गरे । प्रधानमन्त्री फेरि कुनै दिन अप्रत्याशित रूपमा उपस्थित भएर विवादास्पद व्यवहार दोहोर्याउन सक्ने आशंका आफूलाई लागेको भन्दै उनले अब प्रधानमन्त्रीको उपस्थितिको प्रतीक्षा नगर्ने बताए ।
उनले भने, “मेरो मुलुकका सवालहरू प्रधानमन्त्रीको उपस्थितिभन्दा पनि ठूलो छन् । उहाँले बोलेका विषयमै केन्द्रित भएर संसदलाई निरन्तर अवरुद्ध गर्नु उचित हुँदैन ।”
कांग्रेसले यसअघि प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन अवरोध गर्दै आएको थियो । तर आङ्देम्वेको पछिल्लो भनाइले संसदको गतिरोध अन्त्यतर्फ कांग्रेस लचिलो बन्ने संकेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







