काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन इतर धाराका युवा नेताहरूले आज राजधानीमा बृहत् भेला आयोजना गर्दैछन् । पार्टीभित्र देखिएको आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा भावी नेतृत्वको विषयमा छलफल गर्न कार्यक्रम तय गरिएको हो ।
युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार भेलाले कांग्रेसको वर्तमान अवस्थाबारे समीक्षा गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने उपाय खोज्ने प्रयास गर्नेछ । उनले पार्टीभित्र बढ्दो मतभेद र त्यसको समाधानबारे खुला बहस आवश्यक रहेको बताए ।
चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा विशेष महाधिवेशनमा सहभागी नभएका युवा नेताहरूको उपस्थिति रहने जनाइएको छ । आयोजक पक्षले छलफलका लागि पाँचवटा मुख्य प्रस्ताव अघि सारेको छ ।
भेलामा विशेष महाधिवेशनबाट बनेको समितिको वैधानिकता, भ्रातृ संस्थाहरूमा गरिएको मनोनयन, क्रियाशील सदस्यता व्यवस्थापन, निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने विषय तथा नेतृत्वमा पुस्तान्तरणका मुद्दामाथि बहस हुने बताइएको छ ।
युवा नेताहरूले पार्टी संगठनलाई थप लोकतान्त्रिक, पारदर्शी र युवामैत्री बनाउने विषयलाई समेत प्राथमिकतामा राख्ने जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






