काठमाडौं । फिफा विश्वकप अन्तर्गत इरान र न्युजिल्यान्डबीच भएको प्रतिस्पर्धात्मक खेल २–२ को बराबरीमा सकिएको छ । लस एन्जलसस्थित रंगशालामा मंगलबार बिहान सम्पन्न खेलमा न्युजिल्यान्डले सुरुआतमै अग्रता बनाएको थियो । खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै टोलीलाई १–० को स्थितिमा पुर्याए ।
इरानले भने पहिलो हाफमै खेलमा पुनरागमन गर्यो । ३२औँ मिनेटमा रामिन रेजाइयनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा एलिजाह जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै ५५औँ मिनेटमा न्युजिल्यान्डलाई फेरि अग्रता दिलाए । तर इरानले त्यसको नौ मिनेटपछि नै जवाफ फर्कायो। ६४औँ मिनेटमा मोहम्मद मोहेबीले गोल गरेपछि खेल पुनः बराबरीमा पुगेको थियो ।
बाँकी समयमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल २–२ को बराबरीमा टुंगियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






