भक्तपुर । भक्तपुरको नगरकोटमा सामान्य विवाद उग्र बन्दा भएको झडपमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१, नगरकोट क्षेत्रमा असार ८ गते राति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैँ–झगडा चक्कु प्रहार भएको हो ।
झगडाका क्रममा भएको चक्कु प्रहारबाट महोत्तरीको मिथिला नगरपालिका–९ घर भई हाल नगरकोट मोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइली गम्भीर घाइते भएका थिए । घाइते रसाइलीलाई उपचारका लागि तत्काल केएमसी अस्पताल, सिनामंगल लगिएको थियो । उपचारकै क्रममा आज बिहान ६ः१५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका–३ घर भई हाल सल्लाघारी बस्ने २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीको तम्घास घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय रमेश कुँवर रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





