काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अभियोगपत्रमा उनीसँग २० करोड ९० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
अभियोग अनुसार पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा आफ्नो पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले सहजीकरण गरेको आरोप लगाइएको छ । सो क्रममा श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्यको सेयर न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई हस्तान्तरण गराउन भूमिका खेलेको दाबी अभियोजन पक्षले गरेको छ ।
अब उक्त मुद्दामाथि विशेष अदालतमा कानुनी प्रक्रिया अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






