काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम राष्ट्रपति डा. रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग समसामयिक राष्ट्रिय विषयमा छलफल गरेका छन् ।
शुक्रबार शीतल निवासमा भएको भेटवार्तामा सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिएको पछिल्लो अवस्थाबारे विशेष रूपमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटका क्रममा सहभागीहरूले उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपालमा सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिएका थिए ।
छलफलका क्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान विषम परिस्थितिमा सरकारले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकलाई साथमा लिएर समस्याको समाधानतर्फ प्रभावकारी पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





