जनकपुरधाम । धनुषा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा शनिबार जनकपुरधाममा सद्भाव र्याली आयोजना गरिएको छ । सामाजिक सद्भाव, एकता र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित र्यालीमा विभिन्न समुदाय तथा धर्मका नागरिकको सहभागिता रहेको थियो ।
र्यालीका सहभागीले ‘नेपाली एकता जिन्दावाद’, ‘हामी सबै एक हौँ’ लगायतका नारा लगाएका थिए । र्याली रेलवे स्टेशनबाट सुरु भई भानु चोक, जनक चोक र सोनारपट्टी हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषा–२ का प्रतिनिधिसभा सदस्य रामविनोद यादव, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायत जनप्रतिनिधि तथा स्थानीयवासी सहभागी भएका थिए ।
यसअघि बिहीबार जनकपुरधाममा भएको प्रदर्शनका क्रममा हिंसा भड्किन सक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । सो प्रदर्शनका क्रममा एक बालक घाइते भएका थिए । त्यसपछिको अवस्थालाई मध्यनजर गर्दै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिन शनिबार सद्भाव र्याली आयोजना गरिएको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





