काठमाडौं । शिवम् सिमेन्टले उपभोक्ताका लागि घर बनाउने टिप्ससहितको सन्देशमूलक अभियान सुरु गरेको छ । कम्पनीका अनुसार ‘शिवम् सन्देश’ नामक टिप्स घर बनाउने ग्राहकका लागि निकै उपयोगी हुनेछ ।
वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ती कमजोरी नहोस् भन्ने चाहना बमोजिम सूचनाका लागि यस्तो सन्देश लिएर आएको कम्पनीको भनाइ छ ।
‘सही विशेषज्ञ र प्राविधिकको सल्लाह अत्यावश्यक र लाभप्रद हुन्छ । त्यसैले नेपाल गुणस्तर अवार्ड २०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले ’शिवम् सन्देश’लिएर आएको छ,’ कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित टिकाउ घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरुको संग्रह हो । यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरु बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यानदिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ । ’
घर बनाउने जग्गाको छनोट गर्नेबारेका सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने ? विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्याउने ? जस्ता थुप्रै उपयोगी जानकारीहरु समेटिएको छ ।
भूकम्प र बाढी–पहिरा जस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने ? इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्वकति हुन्छ ? साथै घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ’शिवम् सन्देश’मा समेटिएका छन् ।
साधारण लाग्ने तर घर निर्माणको योजनाबनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझावहरु पनि’शिवम् सन्देश’मा समेटिएको कम्पनीको भनाइ छ ।
शिवम् सन्देश’ उपभोक्ताहरुले शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर पनि हेर्न सकिने कम्पनीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
- ह्वाइट फेदर्सको विशेष अफर : डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर



ट्रेन्डिङ
खबरमुकाम







