काठमाडौं । देशका विभिन्न ठाउँमा आफ्नो स्वामित्वमा रहेको घरजग्गा नबिल बैंकले बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेको ५२ वटा घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।
बैंकबाट लिएको कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितोमा राखिएका २१ जिल्लामा रहेका ५२ स्थानका घर तथा जग्गा लिलामी गर्ने भएको हो ।बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी गर्ने बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकासहित राजविराज, इँटहरी, भोजपुर, खलंगा, धरान, दोलखा, मोरङ, झापा, बाँके लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो। उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले पुस २३ गतेसम्म गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







