काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डायग्नोस्टिक नेपाल प्रा.लि. का सेवाहरुमा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यले धुमबाराही, काठमाडौंमा अवस्थित उक्त संस्थासँग छुट सम्झौता गरेको हो ।
सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले हेल्थ प्याकेज र रुटिन टेस्टमा २५ प्रतिशत, आउटसोर्स टेस्टमा १० प्रतिशत, कोभिड–१९ आरटी, पीसीआर टेस्टमा १०० रुपैयाँ र कोभिड–१९ रेपिड ऐन्टिजेन टेस्टमा ७५० रुपैयाँ छुट पाउने भएका छन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







