काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा मात्र ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्जा विस्तार भएको जनाएको बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ अधिकतम १९.२८ प्रतिशतले वृद्धि हुँदै कूल ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको जनाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा परिचालित कूल ३ खर्ब ५५ अर्ब १५ करोड कर्जा मध्ये कृषि क्षेत्रमा रु.३१ अर्ब ४५ करोड, औद्योगिक क्षेत्रमा रु. ३७ अर्ब ४८ करोड, सेवा क्षेत्रमा रु.१ खर्ब ११ अर्ब ९० करोड र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) रु.१ खर्ब ७१ अर्ब ८४ करोड प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
२०८० असार मसान्तमा निक्षेपकर्ताहरुको सङ्ख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ३९ हजार ४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेपकर्ताको सङ्ख्या २१.१ प्रतिशतले वृद्धि भएको थियो ।
सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित), बमोजिम २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु. २५ अर्ब ७४ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । यस्तो कर्जा २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल रु.३० अर्ब ११ करोड कर्जा प्रवाह भएको थियो ।
यस प्रदेशमा प्रवाहित कुल कर्जाको ४२.५ प्रतिशत कास्की जिल्लामा प्रवाह भएको छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०.२ प्रतिशत मात्र प्रवाह भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







