काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘चालु आर्थिक वर्षको ६ महिनामा व्यापारघाटा ६ खर्व ९३ अर्व रुपैयाँ पुगिसकेको छ, व्यापारघाटा प्रत्येक वर्ष बजेटकै हाराहारीमा पुग्ने गरेको छ ।’
नेपालको वार्षिक निर्यात क्षमता १० खर्व रुपैयाँभन्दा बढी भएपनि अपेक्षित लाभ लिन नसकिएको उनले बताए । जडिबुटीजन्य बस्तुहरुको उपभोग र निर्यात सम्वन्धी विशेष नीति बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
यस्तै निर्यात प्रर्वद्धनका लागि अनलाईन गेटवे प्रणालीको विकास गरिनुपर्नेमा मल्लले जोड दिए । उनले भने, ‘मुलुकभित्रका कच्चा पदार्थको अधिकतम प्रयोग हुने वातावरण सिर्जना गरिनुपर्दछ, । मुलुकभित्रका प्राकृतिक श्रोत एवं साधानहरु सम्वन्धमा उपयुक्त ऐन नियम बनाएर उपभोग एवं निर्यातको वातावरण बनाउन आवश्यक छ ।’
सातै प्रदेशमा एक्सपोर्ट हाउस निर्माण गरिनुपर्नेमा समेत अध्यक्ष मल्लले जोड दिए । निर्यात क्षेत्रको उद्योग, व्यवसायमा युवाहरुलाई समावेश गर्न सकिए रोजगारी समस्या केहीहद सम्म हल गर्न सकिने उनको भनाइ छ । राज्यको पढ्दै कमाउँदै नीतिाई औद्योगिक एवं व्यवसायिक क्षेत्रमा कार्यन्वयन गर्नुपर्नेमा अध्यक्ष मल्लले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौंमा भव्य उद्घाटन (फोटो फिचर)
- फोहोर व्यवस्थापनलगायतका विषयमा प्रधानमन्त्री शाहलाई भेट्ने मेयर्स फोरमको निर्णय
- ‘मेड इन नेपाल’को पहिचान जोगाउन बौद्धिक सम्पत्ति र भौगोलिक सङ्केत कानुन बलियो बनाउन जोड
- नाडा अटो शो लक्षित गर्दै मुक्तिनाथ विकास बैंकको ५.५४ प्रतिशत ब्याजदरमा अटो लोन
- एलआरआर मोटर्सले नेपाल भित्र्यायो स्काईवेलको बीई११, नाडा अटो शोमा सार्वजनिक
- बडिमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन
- कामना सेवा विकास बैंकको २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते
- नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग



ट्रेन्डिङ
खबरमुकाम





.jpeg)

