काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बुधबार काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता बीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । प्रसाईले यस किसिमका अन्तरक्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रिकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवं प्रेरणदायी प्रस्तुतीकरण दिएका थिए । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम संचालन गर्दै बीमा अभिकर्ताहरुलाई उत्साह थपेका थिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित हुनुभएका एमडिआरटि २०२४ मा छनोट भएका अभिकर्ताहरुलाई केक काटेर विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ । अभिकर्ता स्कीम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवन कुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







