माछापुच्छ्रे बैंकले हालै नेपाल र भारतबीच क्रस बोर्डर भुक्तानी सहजीकरण गर्नका निमित्त नेपाल क्लियरिङ हाउस र फोन पे सँग छुट्टाछुट्टै सम्झौता गरेको छ।
फोन पे सँगको सम्झौताले नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआई इनेबल्ड एपको प्रयोगद्वारा आफूले प्रयोग गरेको सेवा तथा खरिद गरेको वस्तु तत्काल फोन पे नेटर्वक आवद्ध माछापुच्छ्रे बैंकका मर्चन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा प्रदान गर्नेछ।
सम्झौताले व्यापारीहरूमा नगद लेनदेन कारोबार हटाएर क्युआर भुक्तानीमार्फत् सहज रूपमा कारोबार गर्न सुविधा प्रदान गरेको बैंकको भनाइ छ।
साथै, भविष्यमा व्यापारी भुक्तानी च्यानललाई सहजीकरण गर्ने हेतुले नेपाल क्लियरिङ हाउससँग पार्टिसिपेटिङ टिवाइएफ सेटलमेन्ट बैंक साझेदारी समेत गरेको हो।
यस सम्झौता अनुरुप उक्त सेवा लाइभ गए पश्चात नेपालमा रहेका भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा पालना गर्दै माछापुच्छ्रे बैंकमा खोलिएको कुनैपनि युपिआइ ह्यान्डल–लिंक गरिएको खाताबाट भारतमा सिधैं पैसा पठाउन सक्नेछन्।
नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र बसेर नेपाल राष्ट्र बैंकले तोकिए बमोजिम दैनिक रूपमा १५ हजार भारतीय रूपैयाँँ र मासिक १ लाख रूपैयाँसम्म भारत पठाउन यो सम्झौताले सहज हुने विश्वास बैंकले लिएको छ।
यसैगरी भारतमा रहेका नेपाली नागरिकहरूले पनि युपिआई इनेबल्ड एप प्रयोग गरेर त्यहाँको नियामक निकयले तोकेको सीमाभित्र बसेर नेपालमा माछापुच्छ्रे बैंकको युपिआई ह्यान्डल–लिंक गरिएको खातामा सिधैं पैसा पठाउन सक्नेछन्।
हाललाई भारतमा रहेका नेपाली नागरिकहरूले भारतीय बैंकमा खोलेको खाताबाट प्रति करोबार भारु दुई लाखसम्म र खाता नभएको खण्डमा १ वर्षमा १२ वटाभन्दा बढी कारोबार ननाघ्ने गरी आफूलाई पायक पर्ने भारतीय बैंकबाट प्रति करोबार भारु ५० हजार पठाउन सक्नेछन् ।
बैंकले गरेको यस पहलले ग्राहकलाई नगद बोक्ने असुविधालाई हटाउन, आर्थिक कारोबारको सहजीकरण र समग्र डिजिटल बैंकिङ कारोबारमा टेवा पुर्याउने लक्ष्य लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
- बाढी प्रभावितका लागि पुनर्स्थापना प्याकेज बनाउने सरकारको निर्णय
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन



ट्रेन्डिङ
खबरमुकाम







