सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिति २०८१–०२–१३ गतेका दिन प्रभु बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो । द सोल्टि होटेल ग्रुप अन्र्तगत द सोल्टि होटेल एण्ड रिसोर्ट,सोल्टि वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टि वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टि वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुर सँग प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । द सोल्टि होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५% छुट प्राप्त गर्न सक्नेछन ।
विगत ५ दशक भन्दा वढि देशको पर्यटन क्षेत्रमा द सोल्टि होटेल समुहले योगदान गर्दैआएको छ भने त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- श्रीरामचन्द्र मन्दिर हत्याउन निरन्तर प्रयास, धार्मिक क्षेत्रमा लूट मच्चाउने यिनीहरुलाई चिनौं
- केन्द्रकै निर्देशनमा चुनाव गराएको भक्तपुर रेडक्रसको जिल्ला समिति भङ्ग, तदर्थ समिति गठन, रेडक्रसमा भाँड भैलो
- लैङ्गिक तथा यौनिक अल्पसंख्यकको गाइजात्रा स्थगित
- बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजमा निःशुल्क उपचार
- स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया
- नेपाल–चीन सीमाक्षेत्रमा बाढीको कहर, केरुङमा ३ जनाको मृत्यु र २६५ सम्पर्कविहीन
- रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
- भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि आईएफआरसीले १९ करोड सहयोग गर्ने



ट्रेन्डिङ
खबरमुकाम







